काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच