पेरिस । अमेरिका पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको छ । अमेरिकाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ । बुधबार बिहान भएको खेलमा स्पेनलाई ४-२ ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान पक्का गरेको थियो ।
मंगलबार राती भएको खेलमा अमेरिकाले जर्मनीलाई १-० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ३० मिनेट थप गरिएको थियो । ९५औँ मिनेटमा स्मिथले गोल गर्दै अमेरिकाको जित पक्का गर्नुभयो ।
यस्तै, स्पेनलाई पराजित गर्दै ब्राजिल पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको हो । ब्राजिलले स्पेनलाई ४-२ ले पराजित ग¥यो । ब्राजिलले खेलको छैटौँ मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो । स्पेनकी इरेन परेड्सले आफ्नै पोस्टमा गोल गर्नुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलकी गाभीले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
७१औँ मिनेटमा एड्रियाना लिलले गोल गर्दै ब्राजिलको अग्रता ३-० मा पुर्याउनुभयो । तर, ८५औँ मिनेटमा सलमा पारल्युलोले गोल गर्दै खेल ३-१ मा ल्याउनुभयो । इन्जुरी समयमा केरोलिनले ब्राजिलका लागि गोल थप्नुभयो । स्पेनकी सलमाले पनि दोस्रो गोल गरे पनि जित दिलाउन सक्नुभएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच