कला र गलाका धनी रमेश पाठकले आफ्ना उत्कृष्ट सिर्जनामार्फत् श्रोता/दर्शकको मन जित्न सफल हुनुभएको छ । सानैदेखि अत्यधिक गीत सुन्ने बानीले उहाँलाई अहिले एउटा सफल गायक बनाएको छ । ‘सानैदेखि अध्ययनका अतिरिक्त म गीत सुनिरहन्थेँ,’ उहाँ भन्नुहुन्छ । शुक्रबार विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये नाचगानमा भाग लिन्थेँ र पुरस्कार पनि जितिरहन्थेँ, ममा गीत-संगीतको मोह सानैदेखि थियो ।’ यसरी उहाँमा सानैदेखि गीत संगीत क्षेत्रको लगाव देखिन्छ । यही लगावले एउटा सफल गायक बन्न सफल हुनुभएका उहाँ गीत संगीतका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले अवार्ड गर्दै आउनुभएको छ । यसलाई निरन्तरता दिँदै पाँचौँ संस्करणसम्म आइपुग्दा उहाँले थुप्रै स्रष्टाका कर्मलाई सम्मान गर्नुभएको छ । पाँचौँ संस्करणको जिनियस म्युजिक अवार्ड शनिबार (आज) प्रज्ञा भवन, कमलादी, काठमाडौंमा सम्पन्न हुन गइरहेको छ । गीत संगीत र अवार्डका विषयमा गायक रमेश पाठकसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
निकै व्यस्त हुनुहुन्छ है ?
हो, अलिक व्यस्त नै भन्नुपर्ला । हामीले आयोजना गर्दै आएको जिनियस म्युजिक अवार्डको संघारमा छौँ । सायद यो संवाद हजुरहरूको पत्रिकामा आउने दिन नै हाम्रो अवार्ड समारोह रहेको छ । त्यसले पनि अलिक व्यस्त बनाएको छ । हामीले यही शनिबार अर्थात् साउन २६ गते एक विशेष समारोहबीच जिनियस म्युजिक अवार्डको पाँचौँ संस्करण प्रज्ञा भवन, कमलादी, काठमाडौंमा सम्पन्न गर्न गइरहेका छौँ ।
कला क्षेत्रमा समर्पित व्यक्तित्व र संघ संस्थालाई उहाँहरूका कार्यको सम्मान गर्ने उद्देश्यले अवार्डको सुरुवात गरिएको हो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौँ वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवका अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले पाँचौँ संस्करण गर्न लागेका हौँ ।
तपाईं त गायन क्षेत्रमा व्यस्त भइरहेको मान्छे, यो अवार्ड गर्ने सोच कसरी आयो ?
हो, यहाँले भने जस्तै म गायन क्षेत्रमा व्यस्त नै रहँदै आएको छु । फेरि पनि यो क्षेत्रमा लागेका व्यक्तित्व र संघ संस्थालाई उहाँहरूका कार्यको सम्मान गर्ने उद्देश्यले अवार्डको सुरुवात गरिएको हो । जिनियस म्युजिक प्रालिले यो अवार्ड गर्दै आएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौँ वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवका अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले पाँचौँ संस्करण गर्न लागेका हौँ ।
पाँचौँ संस्करणको अवार्डमा कति विधा समेट्नुभएको छ ?
हामीले पप, आधुनिक गीत, लोक तथा दोहोरी गीत, मौलिक गीत विधाका स्रष्टा र सिर्जना समावेश गरेका छौँ । यो संस्करणमा ३६ विधा समेटिएको छ । केही दिनअघि उत्कृष्ट पाँच सार्वजनिक गरेका थियौँ । शनिबार उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड अर्पण गरिँदै छ । उक्त कार्यक्रममा एकजना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान, रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारहरू समेत प्रदान गर्ने छौँ ।
यहाँ गीत संगीततर्फ कसरी आकर्षित हुनुभयो ?
मेरो सानैदेखिको रुचिको विषय हो गीत संगीत । मेरो अन्तरकुनामा सानैदेखि थियो । म बढ्दै जाँदा यसमा हेलिँदै गएँ । ममा अन्तर्निहित प्रतिभालाई अझ प्रस्फुटन गराउन उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौं आएपछि ललितकला क्याम्पसमा भर्ना भएँ । त्यहाँ मैले संगीत विषय अध्ययन गर्न थालँे । त्यसैगरी डोरेमी संगीत पाठशालामा आदरणीय स्व. गुरुदेव कामत र भानुभक्त ढकालबाट एक वर्ष संगीतको प्रशिक्षण लिएँ ।
श्रोता/दर्शकमाझ आएको यहाँको पहिलो सांगीतिक कोशेली के थियो ?
मैले आफूलाई गीत संगीतमा निखार्दै लगेपछि २०६० सालमा मेरै शब्द, संगीत र स्वरमा ‘मुस्कानको अर्थ बुझ...’ बोलको गीत श्रोता/दर्शकमाझ पस्किएको थियो ।
तपाईंको पहिलो गीतले नै एक खालको चर्चा पायो होइन ?
हो, मेरो पहिलो गीतले नै मलाई एक खालको चर्चा दिलाउन सफल भयो । त्यसपछि मैले पछि फर्किएर हेर्नुपरेको छैन ।
यसपछि यहाँका कति गीत श्रोता/दर्शकमाझ आए ?
मेरो पहिलो गीतलगत्तै पहिलो लोकदोहोरी एल्बम ‘जाऊँ न गजुरी’ श्रोतामाझ आयो । यसपछि २०६१ सालमा सिन्धु मल्ल र शिला आलेसँग मिलेर ‘कलिलो मुना’ एल्बम आयो बजारमा । यस्तै थुप्रै गीत श्रोता÷दर्शकमाझ आएका छन् ।
यहाँका अन्य गीतका बारेमा पनि जानकारी दिनुहोस् न ?
२०६५ मा विष्णु माझीसँग मिलेर लोकदोहोरी एल्बम ‘तिमीबिना बाँच्न सक्छु म’ ल्याएँ, ०६७ मा संकलित गीतको एल्बम ‘मि एण्ड माई लभ’ ल्याएँ । यसैसँग संकलित गीतकै एल्बम ‘नेटवर्क’ ल्याएँ ।
यहाँका पर्वविशेषका गीत पनि निकै नै श्रोता/दर्शकमाझ आएको पाइन्छ नि ?
हो, मेरो पर्वविशेषका गीत धेरै छन् । जस्तै तीज, दशैँका गीत छन् । मेरा ‘हत्य हालिन्छ...’, ‘पैसा यो बैंस...’, ‘छोटो लुगा...’, ‘छोटो लुगा २...’, ‘गए जमाना गए...’ ‘कुन मोडमा छौँ हामी...’, ‘दशैँ आयो...’, ‘दशैँ मेला...’, ‘तिमीबिना...’ ‘म बाँचु कसरी...’, ‘तिम्रै हात....’, ‘हे गोरी...’, ‘कानैमा झुम्का...’, ‘चञ्चल गरायो...’, ‘छ छैन भनिदेऊ...’, ‘सातै स्वरमा...’, ‘जति माया...’, ‘नसोचेको भयो...’, ‘लाग्छ धेरै...’, ‘तिम्रै झल्को...’लगायत थुप्रै गीतलाई श्रोता/दर्शकले अत्यधिक मन पराइदिनुभएको छ ।
अन्त्यमा
यो व्यस्त समयबीच पनि यहाँसँग छोटो संवाद गर्ने अवसर जुर्यो । यसका लागि यहाँ र लोकप्रिय दैनिक हिमालय टाइम्स परिवारप्रति आभारी छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच