अनेरास्वबियु (क्रान्तिकारी) को जिल्ला सम्मेलनका लागि उपसमिति गठन

भोजपुर । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को जिल्ला सदरमुकाममा हुने जिल्ला सम्मेलनका लागि बिभिन्न उपसमिति गठन गरिएको छ ।

१४ औं जिल्ला सम्मेलनका लागि अनेरास्वबियु (क्रान्तिकारी) ले सात वटा उपसमिति गठन गरेको जिल्ला अध्यक्ष विश्वास राईले जानकारी दिनुभयो । भाद्र २० गते हुने जिल्ला सम्मेलनका लागि ४० वटा इकाई सम्मेलनहरु सम्पन्न भई सकेको अध्यक्ष राईले जानकारी दिनुभयो । अहिले जिल्लाका पालिकाहरुको सम्मेलन भई रहेको छ । जिल्लाका ९ पालिकाहरु छन् ।

सम्मेलनका लागि आर्थिक, सांस्कृतिक, प्रचार प्रसार, मञ्च ब्यवस्थापन, छपाई तथा प्रकाशन, प्रतिवेदन लेखन र अतिथी सत्कार उपसमिति गठन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । बदलिदो अवस्थासँगै शैक्षिक आन्दोलनको नयाँ चुनौती र अवसरका बिच सम्मेलन हुन लागेको राईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?