प्रेमराजाको नयाँ गीत ‘पीपल डाँडे साइली’

Read Time = 2 mins

काठमाडौं । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साइली’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत प्रेमराजा महत्तले नै तयार पर्नु भएको हो । ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महत्तले यो गीत आफूले चार दशकअगाडि नै कल्पना गरेको बताउनुभयो ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत्त, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । भिडियोलाई दीपकले छायांकन गर्नुभएको छ । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्रि इन्टरटेन्मेन्टले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । गायक तथा कलाकार प्रेमराजा महत्तले पनि अब आफू गीतसंगीतमा सक्रिय रूपमा लाग्ने बताउनुभयो । उहाँले, यो गीत कोर्दा एक मोहरमा दुई दाना अम्बा पाइने भन्दैे समय फेरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?