काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपालमै पहिलोपटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यस्तो प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको हो ।
समाजसेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तीकरण र मोटर स्पोर्ट्स जस्ता साहसिक खेल प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्ट्स नेपाल क्लबले गर्नेछ । प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउण्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ ।
लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोटर््स चिफ लायन अनिलकुमार बरालका अनुसार प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई कप र नगद पुरस्कारका साथै सहभागी सबै खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच