पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

तनहुँ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पृथ्वीराजमार्ग र भित्री सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका-१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका-६ मौरीओडार, भानु नगरपालिका-१ भन्सारमा सडक अवरुद्ध भएको छ । उहाँका अनुसार सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । उहाँले भन्नुभयो, “पानी परिरहेकाले पहिरा पन्छाएर समस्या भएको छ ।”

यस्तै व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन-पाेखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो ।

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?