दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, ३ बेपत्ता

Read Time = 1 min

तेहरान । इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन् ।

त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको जानकारी दिएका छन् ।

हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको छ र उद्धार कार्य जारी रहेको छ । गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन् ।

-एजेन्सी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?