✍️ मनोजकुमार कर्ण
पृष्ठभूमि :
हिमालय टाइम्स राष्ट्रिय दैनिक ३० वर्ष पुगेको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । स्तम्भकारको रूपमा हिटासँग सम्बन्ध विक्रम सम्वत् २०६१ साल असोज ७ गते मनोज कर्णको नाममा ‘माओवादीको राजनीतिक विचलन र वास्तविकता’ शीर्षकको लेख छापिँदादेखिको हो । पछि पूर्ण र शुद्ध नाम ‘मनोजकुमार कर्ण’को नाममा लेखक प्रकाशित हुँदै आए । आजसम्म सोही नाममा प्रकाशित भइरहेका छन् ।
(आंशिक प्राध्यापकप्रतिको दृष्टिकोण र विरोध) २०६३/०५/१९ गते, ‘आंशिक प्राध्यापकको राज्यको निर्णयको कानुनी आधार’ २०६३/५/२३ गते, ‘लोकतान्त्रिक व्यवस्था र जनताको उपेक्षा’ २०६३/७/१८ गते, ‘शिक्षकसम्बन्धी सरकारी निर्णय र विरोध’ २०६३/८/१९ गते, ‘मधेस आन्दोलनको अन्तर्वस्तु’ २०६५/८/१५ गते छापिएका थिए । यसपछि केही वर्षको अन्तराल देखिन्छ । शायद हिटाले पनि खोजेन होला ।
करिब एक युगबढीको अन्तरालपछि पुनः हिटामा लेख्ने मौका पाए, जारी छ । फेलापरेका जति हेर्दा मेरामात्र कुल बीसवटा लेख देखिन्छन् भने स्तम्भकारको प्रातःस्मरणीय पिता स्वास्थ्यकर्मी राजकिशोर लाल कर्णको नाममा ‘स्वास्थ्यकर्मीको बाध्यात्मक आन्दोलन’ २०६३/६/१ मा पेशागत हकहित प्रकाशन भएको हो । स्तम्भकारको मेरै रुचिमा दिइएका रचना लोकतान्त्रिक, पेशागत, पीडित वर्ग, सत्यको पक्षमा रहेर हिटाले विभिन्न वर्गको आवाज उठाएको देखिन्छ । जसले सरकारको ध्यानाकर्षण गराएको छ । लाभान्वित वर्गको विशेष धन्यवादको पात्र हिटा बन्न पुगेको छ ।
नेपाली कांग्रेसका नेता स्व.विशेश्वरप्रसाद कोइरालाले त नेपालको विशिष्ट संरचना देखेर पहाडमा भूगोल अनि मधेसमा जनतालाई जोड दिएर ‘भूगोल र जनता’लाई नेपालको राष्ट्रियता भनी बुझेका थिए । जसको अर्थ हो, नेपालको विकास गर्न, पहाडमा जीवन सरल बनाउन तत्काल सडकसञ्जाल बनाउ भने मधेसमा भेदभाव, गरिबी हटाउन राज्यको मूलधारमा जोड्दै रोजगारीको सिर्जना पहाडसँगै गर, सरकार र दलहरूले
नेपाल एउटा बहुभाषिक, बहुजातीय र भौगोलिक विविधताले भरेको अपार प्राकृतिक सम्पदा भएको देश हो । पहाडतिर जडिबुटी, जल, जंगल, शिलाजित, पर्यटन, हिमशृंखलाबाट बनेका जलाशयका प्रकार आदि साधन आर्थिक उपार्जनमा राज्यको ध्यानाकर्षणको पर्खाइमा छन् । २०७२ सालको नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत बोल्नुपर्दा मधेस प्रदेशका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा भनिएको भए पनि वास्तवमा मधेस २०७२ सालको वर्तमान संविधान अघिसम्म रहेका साविकका ७५ जिल्लामा नेपालका दक्षिणी भाग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका २२ जिल्लाको समग्र भू-भाग हो ।
आजको आमसञ्चार र सामाजिक सञ्जालको जमानामा मधेसका समस्या जसरी सकारात्मक ढंगले बाहिर सरकार सामु आउनुपथ्र्याे, आउन नसकेर केही सकारात्मक तर बढी नकारात्मक चित्रणले खिसिट्युरी हिसाबले आउँछन् । यो सत्य हो कि मधेसको विकासका लागि मधेसी जनताले नै बढी लाग्नुपर्ने हो र सरकारले मधेस भनेको नपालकै एउटा अलग पहिचान भएको महत्वपूर्ण भू-भाग हो । मधेसबाट केवल राजस्व उठाउने नभई सोही आधारमा अन्य प्रदेश जस्तै विकास पनि गर्नुपर्ने निष्पक्ष सोचसहित अगाडि बढ्नुपर्छ ।
आजको जमानामा जनतामा राष्ट्रियता जगाउन केवल राष्ट्रिय गान घोकाएर सरकारले जिम्मेवारी पूरा गरेको बुझिँदैन । नेपाली कांग्रेसका नेता स्व.विशेश्वरप्रसाद कोइरालाले त नेपालको विशिष्ट संरचना देखेर पहाडमा भूगोल अनि मधेसमा जनतालाई जोड दिएर ‘भूगोल र जनता’लाई नेपालको राष्ट्रियता भनी बुझेका थिए । जसको अर्थ हो, नेपालको विकास गर्न, पहाडमा जीवन सरल बनाउन तत्काल सडकसञ्जाल बनाउ भने मधेसमा भेदभाव, गरिबी हटाउन राज्यको मूलधारमा जोड्दै रोजगारीको सिर्जना पहाडसँगै गर, सरकार र दलहरूले । सकारात्मक कुरा नेपालका मिडियाले राष्ट्र र जनताको सच्चा पहरेदार, सरकारको प्रतिपक्षी र राज्यको चौथो अंगको हैसियतले निरन्तर सरकारलाई सकारात्मक सोचेर तदनुरूप विकास गर्न घच्घच्याइरहनुपर्छ ।
शिक्षा, स्वास्थ्य र खानेपानी
आजको दिनमा समग्र मधेस वा मधेस प्रदशकै वर्तमान आठ जिल्लामा ग्राउण्ड रिपोर्ट गर्ने हो मिडियाले भने त्यहाँको गरिबी, खराब स्वास्थ्य, अकालमा मृत्युवरण, स्वास्थ्य केन्द्रमा वस्तुको अभाव, जनशक्ति अभाव, गाउँगाउँ चुरेभावरको निरन्तर मानव आक्रान्ता भई विनाशले चापाकलमा खानेपानी नआउने, सिँचाइ अभाव आदि समस्या छन् । जाडोमा शीतलहरीले बाढीले बगाएभन्दा बढी मधेसमा मान्छे मर्छन् । समग्र नेपालकै जस्तै मधेसमा पनि बढीमा १२ कक्षा पढ्ने बित्तिकै ब्लू–कोलार जौब (मांसपेशीले गर्ने कठिन श्रम), हृवाइट–कोलार जौब (दिमागले गरिने टेबुल-कुर्सी श्रम)मा जनशक्ति विदेश पलायन गर्ने गरेका छन् । अधिकांश कम उच्च शिक्षा अध्ययन वा रोजगारको शिलशिलामा जान्छन् ।
मधेसको शिक्षाको स्तर फेसबुक सर्भेले नै भर्खर गर्दा देशमै तल र महोत्तरी जिल्लाको त झन् ७७ जिल्लामध्ये ७६औं स्थानमा छ । त्यहाँ शिक्षाको मामिलामा अलि सुखी-सम्पन्न एउटा कुरा अभिभावकजनमा के देखिन्छ भने प्रवेशिका परीक्षा (एसईई)पछि विद्यार्थीको पढ्ने इच्छाको ठाउँमा आफ्नो इच्छानुसार डाक्टर र इञ्जिनियरिङ् पढ्न बाध्य बनाइन्छ, चाहे पढ्नेको दिमागले सकोस् वा नसकोस् । सरकारी असल कर्मचारी बनून्, वकिल, न्यायधीश, किषान कुशल व्यवसायी आदि बने मनग्य कमाइन्छ । शिक्षार्थीको असल र सीपमूलक सिकाइले रोजगार दिलाउनेछ भन्ने कुरोमा अभिभावकले मन बनाएर आफ्ना बच्चाको निजी विषयको रोजाइमा आफ्नो रुचि नलादोस् ।
एक से एक असल मुद्दा जनताका लागि मधेसमा उठाएर स्थापित हुने र मूलधारसँग जोड्ने स्वर्णिम अवसर हिटालाई छ । केवल मधेसको गाँजा खेती, बोक्सी जस्ता सीमित, पुराना र मधेसको अपमान हुने किसिमले गरिने गलत पत्रकारितालाई सुधार्दै स्वच्छ मनले अगाडि बढ्न यो स्तम्भकार अपेक्षा गर्दछ । विकृति उठाउने हो तर सुधार र आरोपितलाई दण्ड दिलाई पीडितलाई न्याय दिलाउन ।
मधेसमा स्वास्थ्यको अवस्था आमजनतामा हेर्ने हो भने सन्तोषजनक छैन । गरिबी, अस्पतालमा दक्ष जनशक्तिको अभाव, स्वास्थ्य संस्थामा निःशुल्क दिइने औषधि आदिको अभावले जनतामा संवैधानिक आधारभूत सुनिश्चितता गरिएको स्वास्थ्य जीवनको लक्ष्यप्राप्त गर्न कठिनाइ छ । चुरेका जंगल मधेसको लाइफलाइन छ तर साल २०६२/०६३ पछि मधेसी जनतामा अधिकारको लागि चेतना बढेर राज्यसँग उनीहरूले राजनीतिक संघर्ष गरिरहँदा मधेसमा बस्ने एकीकृत शक्तिलाई मधेसी, थारू, मुस्लिम, दलित आदिमा विभक्त गराई प्रायः पुराना दलका केही मधेसविरोधी राजनीतिजीविहरू र खासगरी नेकपा एमालेबाट यस्ता सोच राख्नेहरूले थारूहरूलाई ‘तिम्रा पनि जंगल, जलमाथि हक हो’ भनी उचालेर चुरेभावरबाट गिट्टी, बालुवा, रूख आदि झिकेर लान उक्साइयो । पछि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले र माओवादीको अस्थायी क्षणिक संयुक्त एकीकृत दल)को सरकार बन्दा चुरेभावरबाट बालुवा, गिट्टी सरकारी नीति नै बनाएर विदेशमा बेच्ने जोगार गरिँदा स्तम्भकारको माथिको दाबी आरोप नभई तथ्य प्रमाणित हुनजान्छ ।
मधेसमा पत्रकारिताको अवस्था
मधेसमा मूलधारको पत्रकारिताको कुरा गर्दा सञ्चार गृहको अभाव देखिन्छ । देशमा २०६२ र ०६३ सालको दोस्रो जनआन्दोलनको सफलता पश्चात् मधेसमा राजनीतिक चेतनाको अभिवृद्धि हुँदा आफूहरूको आवाज काठमाडौंस्थित ठूला सञ्चार गृहहरूले यथोचित र सत्य रूपमा नउतारेको सर्वत्र महसुस गरियो । मिडियाले भने जनताको जायज, शिकायत उठाउनुको साटो सत्ता टिकाउने भ¥याङको रूपमा कन्फोर्मिष्ट भई प्रस्तुत भइदिँदा देशमा क्षेत्रीयताको खाडलमा विभाजन क्षणिक र भावनात्मक रूपमा महसुस गरिन्थ्यो । सरकारमा रहेकाले निष्पक्ष रिपोर्टिङको अभावमा मधेसीको असली मुद्दा, शिकायत, आवाज जान्नै पाएनन् । बरू मधेसीलाई विभाजनकारी परिभाषित गरियो ।
यी अनुभवबाट मधेसमा आफ्नै पत्रकार, स्तम्भकार, लगानीकर्ताबाट सञ्चारगृह स्थापित भई पत्रकारिता हुनुपर्छ भन्ने आवाज यो स्तम्भकारसहित अन्यले उठाउन थाले । यस विषयले सकारात्मक प्रभाव पर्यो र सरकारबाट मधेसमा पत्रकारिताको तालिम, सञ्चार गृह खोल्न इजाजतमा खुकुलो नीति बनाउने कार्य भए । शून्य अवस्थाबाट विकास हुँदै गयो तर के देखियो भने निजी लाभमा मधेसवादी दलका अधिकांश नेता, व्यापारीले सञ्चारगृह स्थापना गरेर आफ्नो मात्र गुणगान गर्न लगाइरहेका छन् जुन आमजनताको पीडामा समर्पित कुन सकिरहेका छैनन् । कतिपयले त मधेसको खोल ओढेर देश-विदेशबाट करोडौं रुपैयाँ उठाएर निजी सम्पति बनाए, स्वयं राजनीतिक पद लिन सफल भए तर पत्रकारिताबाट छेउ लागे । आज दक्ष पत्रकारको जरूरत छ । स्रोतको कमीले मिडियाकर्मीलाई टिक्न गाह्रो छ भने पारिश्रमिक उनीहरूलाई रोजगारदाता मिडियागृहबाट न्यून र अनियमित दिइएको देखिन्छ, श्रम शोषण छ । त्यही मिडियामा सरकारी विज्ञापनद्वारा सरकारी टेवाको जरूरत छ तर वितरणमा पक्षपात देखिन्छ ।
हिटाको लागि समग्र देश तथा खासगरी मधेस र मधेसी जनताको पहिचान, एउटै दर्जाको नागरिकको व्यवहार राज्यबाट हरेक खाले समस्या उठाउन, शिक्षाको स्तर उकास्न र शतप्रतिशत जनतालाई विद्यालयसम्म पुर्याउन लेखबाट प्रेरित गर्दै आएको आभाष गरेको छु । हिटाप्रति सानो आग्रह छ : जहाँ एक से एक असल मुद्दा जनताका लागि मधेसमा उठाएर स्थापित हुने र मूलधारसँग जोड्ने स्वर्णिम अवसर हिटालाई छ । केवल मधेसको गाँजा खेती, बोक्सी जस्ता सीमित, पुराना र मधेसको अपमान हुने किसिमले गरिने गलत पत्रकारितालाई सुधार्दै स्वच्छ मनले अगाडि बढ्न यो स्तम्भकार अपेक्षा गर्दछ । विकृति उठाउने हो तर सुधार र आरोपितलाई दण्ड दिलाई पीडितलाई न्याय दिलाउन । मधेसबाट स्तम्भकार, संवाददाता, फिचर राइटर, मधेस ब्यूरो आदिको स्थापना हिटाले गर्नुपर्ने, अवसर दिनुपर्ने देखिन्छ । यस हिमालय टाइम्स सञ्चारगृहको आर्थिक, वैचारिक आदि अझ तिखारताका निरन्तर पत्रकारितामा कलम चलिरहोस्, सफल र सरल यात्राको शुभकामना । (कर्ण पाटन संयुक्त क्याम्पस, ललितपुरमा उपप्राध्यापक हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच