✍️ पोषनाथ शर्मा
राष्ट्रियतालाई सर्वोपरी साध्य, लोकतन्त्रलाई अपरिहार्य आधार मानेर प्रकाशन सुरु गरेको हिमालय टाइम्सको ३० वर्ष पुगेको सुअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन, मानवाधिकारको पक्षमा आफ्ना विचारहरू सम्प्रेषण गर्दै अनुसन्धानत्मक, खोजमूलक समाचार, राजनीति विश्लेषणसँगै राज्यव्यवस्था सञ्चालनमा भएका कमजोरी शासनमा बेथिति, भ्रष्टाचार जस्ता विषयलाई निर्भिकतापूर्वक सम्प्रेषण गरेर लाखौं पाठकको मन जित्न सफल भई छोटै समयमा लोकप्रिय बन्न पुगेको छ । सूचना र सञ्चारको प्रविधि विकासको तीव्र परिवर्तनसँगै इन्टर्नेट डिजिटलको प्रयोग र माध्यमबाट गाउँका कुना कन्दरासम्म यसले आफ्नो पहुँच बढाएको छ ।
नेपालको प्रेस जगत खास गरी २०४६ को परिवर्तनपछि नेपाली प्रेसले अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्र रूपले स्वतन्त्रतालाई उपभोग गर्न पाएको हो । २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत मानव अधिकारका रूपमा उल्लेख गरेर पत्रकारिताको व्यावसायिक विकासको ढोका खोलेको हो । पत्रकारिताको मर्यादाकोका निम्ति अनुसन्धानत्मक तथ्ययुक्त समाचारले सम्प्रेषणले मात्र पेशाको अपेक्षित प्रतिष्ठा हासिल हुन सक्छ । विगतको सुरुवातीसँगै यसले सरकार वा प्रसाशनको मुख ताक्ने, परमाबलम्बी अनैतिक, प्रवृत्ति र संस्कृतिबाट टाढा नै रहेर मुलुकको शासकीय बेथिति र भ्रष्टाचारका विरुद्धमा आफ्नो कलम निर्भीकतापूर्वक चलाउँदै आएकाले पनि लाखौं पाठकका बीच आफ्नो परिचय दिएको छ ।
सदाचार र सुशासनको नागरिकको मुद्दासँगै मानवअधिकारका पक्षमा निरन्तर कलम चलाउँदै आएको छ । चरम हिँसाका बीच ५९ मा राजाले मुलुकको प्रत्यक्ष शासन भार नै आफ्नो हातमा लिएपछि मुलुकको प्रेस मानवअधिकार र संविधानमाथि नै निर्मम प्रहारबीचमा पनि हिमालय टाइम्सले लोकतन्त्र र मानव अधिकारका पक्षमा आफूलाई दृढताका साथ उभ्याइरहृयो । घटनाक्रमसँगै मुलुकले संघीयता लोकतान्त्रिक गणतन्त्रत्रात्मक व्यवस्थामा प्रवेश गरेको पनि करिब १५ वर्ष पुगेको छ ।
मर्यादाहीन र निरन्तरताको सत्ता तिकडमले नेपालको राजनीति अत्यन्तै जडबत बनेको छ । लोकतन्त्रमा राजनीतिक दलहरू सर्वाधिक महत्वपूर्ण संगठित तत्व हुन् तर व्यक्तिगत सत्ता स्वार्थबाट मुलुक आक्रान्त बनेकोले दल र यसको नेतृत्वमाथि नै प्रश्न उठ्नु दुर्भाग्यपूर्ण स्थिति त छँदैछ यसबाट व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । २०४६ को परिवर्तनपछि नेपालको राजनीतिमा अनेक उतारचढावहरू आए । २०५२ सालबाट नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेर संसदीय व्यवस्थामाथि नै धावा बोल्यो । आमूल परिवर्तन वा नौलो जनवादी क्रान्तिका नाउँमा करिब ११ वर्षको लामो सशस्त्र युद्धबाट १७ हजार नेपालीले ज्यान गुमाउनु पर्यो । झण्डै ११ वर्षको लामो कहाली लाग्दो ६३ मंसिर ५ साँझमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर युद्ध अन्त्यको घोषणा भयो ।
यो १५ वर्षका बीचमा राज्य सञ्चालकहरूबाट भएका संविधान उलंघनका घटनासँगै शासन व्यवस्थामा देखिएको बेथिति र भ्रष्टाचारको कहाली लाग्दो अवस्थाले जनतामा तीव्र असन्तुष्टि छ राजनीतिक दल, पार्टीनेतृत्व माथि नै जनताले प्रश्न उठाइरहेका छन् । सुशासन र सदाचारमा शंका उत्पन्न भएको छ । यस बेला प्रेस जगतले दल र यसको नेतृत्वलाई सही ठाउँमा हिँडाउने र दलहरूलाई सामाजिक आन्दोलनसँग जोड्ने, मुलुकको विकराल स्थितिमा रहेको युवा पलायनलाई रोक्न र नेपालको राजनीतिक व्यवस्थालाई संस्थागत गर्दै समुन्नत नेपालका लागि नेपाली प्रेसजगतको महत्वपूर्ण योगदानको खाँचो छ । यसमा हिमालय टाइम्सले सफलता पाउनुपर्छ । यसको ३० वार्षिक उत्सवले सफलता पाओस् शुभकामना । (लेखक शर्मा पुराना पत्रकार, समाजसेवी तथा कास्की नेपाली कांग्रेसका नेता हुनुहुन्छ -सम्पादक)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच