मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?