नारायणगढ-मुग्लिन सडक खुल्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-बाबुराम श्रेष्ठ

चितवन । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी पुनः सञ्चालनमा आएको छ ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

गए रातिदेखि लगातार पानी परिरहेकाले कुन समयम कहाँ पहिरो जान्छ भन्न नसकिने प्रहरीले जनाएको छ।

आइतबार रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?