इलामको चुलाचुली गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश नेपाल

इलाम । इलामको चुलाचुली गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सेवाग्राहीहरूलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नु परेकाले बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभएको छ ।

गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर आवश्यक तयारीको काम भइरहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिनुभयो ।

‘भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई बैंकसम्म आउन जान अत्यन्तै कठिन भएका कारण बैंकसँग सहकार्य गरी टोलटोलमा पुगेर भत्ता वितरण गर्ने तयारी गरेका छौं’

गाउँपालिका अध्यक्ष केरुङले भन्नुभयो, ‘निर्वाचनका क्रममा आम नागरिकहरुबाट घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने माग बमोजिम आफू निर्वाचित भएपछि कार्यान्वयन गर्न सुरु गरेको हुँ ।’

सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर ब्यवस्थित गरिने उहाँले बताउनुभयो । यसअघि गाउँपालिकाले चुलाचुलीमा रहेको बैंकमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?