ओपो ए ७७ नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । ओपोले ए सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन ओपो ए ७७ नेपाली बजारमा ल्याएको छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भन्नुभयो, ‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ, हाम्रा अग्रणी प्रविधिसाथ ओपो सबैको जीवन, सपना र सद्गुणको माग पूरा गर्न प्रतिबद्ध छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगलाई लाभ पुर्‍याउने सामाजिक जिम्मेवारीसाथ अघि बढिरहेका छौँ ।

यो ओपोको दिगो विकासको भावना हो, जसलाई हामीले हरेक दिन आत्मसात गर्छौँ ।’ ५० एमपी प्राइमरी क्यामेरा, दुई एमपी डेप्थ सेन्सर र अगाडि आठ एमपी सेल्फी क्यामेरा भएको ओपो ए ७७ मा चार जिबी र्‍याम र एक सय २८ जिबी इन्टनल स्टोरेजसाथ उपलब्ध छ । ओपो ए ७७ को मूल्य २५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?