
मड्रिड । स्पेनिस ला लिगामा दुई गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड पराजित भएको छ । आइतबार राती भएको खेलमा मड्रिड बार्सिलोनासँग चार-दुईको हार बेहोर्न पुगेको हो । रियल मड्रिडसँग पराजित हुँदै मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा दुई-शून्यको अग्रता लिएको थियो । तर, इन्जुरी समयमा दुई गोल स्वीकार गर्दै बार्सिलोनालाई जित सुम्पिन बाध्य भयो ।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । एट्लेटिको भने समान ६० अंक भएका बार्सिलोना र रियलसँग चार अंकले पछि परेको छ । बार्सिलोनाले यी दुई टोलीभन्दा एक खेल कम खेलेको छ । बार्सिलोनाका लागि लामिन यमलले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा तीन-दुईको अग्रता दिलाउनुभयो । त्यसपछि फेरान टोरेसले छैटौं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउनुभयो ।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । ७०औँ मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाउनुभयो । तर, ७२औँ मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काउनुभयो । त्यसपछि ७८औँ मिनेटमा राफिन्हाको क्रसलाई टोरेसले हेडरमार्फत् गोल गर्दै खेल बराबरी गर्नुभयो ।
अन्ततः इन्जुरी समयमा यमल र टोरेसले गोल गर्दै बार्सिलोनालाई नाटकीय पुनरागमन जित दिलाउनुभयो । डिसेम्बरमा भएको पहिलो भेटमा एट्लेटिकोले बार्सिलोनालाई दुई-एकले हराएको थियो । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले चार-चारको बराबरी खेलेका थिए । दोस्रो लेग अप्रिलमा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच