
काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरी सार्वजनिक गरेकाे छ ।
काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका कुशाङ लामालाई नगदसहित प्रहरीले सार्वजनिक गरेको छ।
मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी ९ना ७ ख १६५२० र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।
कुशाङ लामा भोटेकोशी गाउँपालिका- १ का वासिन्दा रहेका छन्।
प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। त्यसपछि प्रहरीले अपरेसन अघि बढाएको थियो ।
शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो।
उनीमाथि थप अनुसन्धान जारी छ ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच