
काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले बिहीबारदेखि नेपाली कफीको गुणस्तर, उत्पादन क्षमता र बजार विस्तारका लागि ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ आयोजना गर्ने भएको छ । चैत २३ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने कफी फेस्टिभलले कफीको मूल्य शृंखलाअनुरूप कार्य गर्ने सम्पूर्ण सरोकारवालालाई अवसरको खोजी गर्न, ज्ञान बाँड्न र नेपालको कफी क्षेत्र विकास प्रवद्र्धन गर्न, एकीकृत गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ ।
कफीको आन्तरिक एवं बाहृय बजार प्रवद्र्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धन गर्ने, उद्यमी व्यवसायीका आफ्ना उत्पादन, सेवा प्रदर्शनी, कफीको राष्ट्रिय विधागत प्रतिस्पर्धा र पुरस्कार (क्याफे वारिस्ता, लाते आफ्टर बु्रइङ) लगायत कफीको मूल्य शृंखलाअनुरूप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थिति सम्बोधन हुने गरी लगानीमैत्री वातावरण तय गर्दै सरोकार सम्बद्ध सम्पूर्ण मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य एवं समन्वय गरी कार्यक्रमको आयोजना गर्न लागिएको महासंघका महासचिव सन्तोष पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार कफी प्रदर्शनी, कफीको स्वाद र प्रतियोगितासँगै कफीका क्षेत्रमा लाग्नेहरूका लागि नेटवर्किङ अवसरसमेत फेस्टिभलका मुख्य आकर्षणहरू रहेका छन् । फेस्टिभलले नेपालको कफी वृद्धिलाई बढावा दिने, नेपाली कफीको अन्तर्राष्ट्रिय मान्यता बलियो बनाउने र कफी उत्पादक क्षेत्रहरूमा आर्थिक विकास र सामाजिक उत्थानका लागि अवसर सिर्जना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच