
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एचआइभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार र शिक्षामा सहयोग गर्दै आएको ‘बेबी लाइफ होम’ लाई आर्थिक सहयोग स्वरूप दुर्ई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । बेबी लाइफ होममा हाल २७ जना एचआइभी संक्रमित बालबालिका आश्रित छन् ।
विपन्न समुदायका बालबालिकालाई आधारभूत शिक्षा, स्वास्थ्य र आश्रय प्रदान गर्ने उक्त संस्थाले ठूलो चुनौती सामना गरिरहेकाले बैंकको सहयोगले संस्थाको सञ्चालनमा सहजता ल्याउने विश्वास गरिएको छ । बैंकका प्रतिनिधिहरूले एक समारोहबीच संस्थाका सञ्चालक राजकुमार पुनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । संस्थाले उक्त सहयोग रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्य उपचारमा खर्च गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच