सिभिलका ग्राहकलाई थप छुट सुविधा

Read Time = 1 min

काठमाडौं । सिभिल बैंकले ग्राहकलाई उपलब्ध गराउन सकिने थप सुविधामा केन्द्रित भएर अझै धेरै साझेदारसँग समन्वय गरी विशेष छुटको व्यवस्था गरेको छ ।

सिभिल बैंकका ग्राहकले अब विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ मोबाइल बैंकिङ एप अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुट पाउने बैंकले जनाएको छ ।

बैंकले हालसम्म विभिन्न ६९ साझेदारसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ । आगामी दिनमा अन्य संघसंस्थासँग पनि सम्झौताको योजना रहेको बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ सेवाका भोलाबहादुर विष्टले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?