डढेलोपछि क्यानडामा आपत्काल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

ओटाबा । जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको जंगलमा विगत दुई सातादेखि डढेलो लागिरहेको छ ।

उक्त प्रान्तका प्रधानमन्त्री एन्ड्रयु फ्युरेले आपत्कालीन अवस्था जारी गरेका छन् । ‘पछिल्लो ३६ घण्टामा परिवर्तन भएका छन् । हामीले यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने भविष्यवाणी गरेका थियौँ । यद्यपि, हावाको परिवर्तनसँगै धुवाँको प्रभाव देखिने त्रास छ’, एन्ड्रयु फ्युरेले एक विज्ञप्तिमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुईवटा छुट्टाछुट्टै जंगलमा लागेको आगलागीबाट कतिपय क्षेत्र ध्वस्त भएको छ । डढेलो न्युफाउन्डल्याण्डमा १२ हजार ३५५ एकड र प्याराडाइज लेकमा १६ हजार ६२ एकड भूभागको जंगल नष्ट गरेको छ ।

यस क्षेत्रमा फैलिएको ठूलो धुवाँले आगो निभाउने प्रयासलाई थप जटिल बनाइरहेको बताइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?