पार्टीहरूको चुनाव केन्द्रित बैठकहरूमा व्यस्तता

हिमालय टाइम्स
Read Time = 6 mins

अबको तीन महिनासम्म दलहरू निर्वाचन केन्द्रित बन्नेछन् । त्यसपछिको एक महिनासम्म पनि चुनावको जतिजा र त्यसको विश्लेषणमा पार्टी तथा जनसाधारणको समय बित्नेछ । यही क्रममा पार्टीहरू अहिलेदेखि नै विभिन्न बैठकमा घनीभूत रूपमै व्यस्त हुन थालेका छन् । विभिन्न पार्टीहरू आपसमा मिलेरै यस्ता पार्टीहरूको बीच यस्ता अन्तक्र्रिया, बैठक, भेला तथा कार्यशालाहरूमा व्यस्त हुनु स्वाभाविकै हो । अर्कातिर वर्तमान सरकारका साझेदारी दलहरूबीचको गठबन्धन कायमै राखेर उनीहरू निर्वाचनमा जाने भएका कारणले को-को कुन-कुन ठाउँबाट उम्मेदवार बन्ने भन्ने छलफललाई पनि स्वाभाविक नै मान्नुपर्छ । कुन ठाउँमा कसको प्रभाव राम्रो छ भन्ने आधारमा निर्णय गर्नुपर्ने अर्को विषय हो ।

पार्टीहरूका सिट संख्याको दाबी पनि आ-आफ्नो प्रकारको विश्लेषणका आधारमा भइरहेको छ । गत निर्वाचनलाई आधार मान्नुपर्छ, हालको संसदमा जसको जति संख्या छ त्यसैलाई आधार बनाउनुपर्छ र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई आधार मान्नुपर्छ भन्ने तर्कहरूले स्थान पाइरहेको छ । यीमध्ये केही न केहीलाई आधार त बनाउनै पर्छ तर त्यसमा सबैको सहमति भने हुनैपर्छ । नेपाली कांग्रेस ठूलो र सरकारमा नेतृत्वमा रहेको दल भएकाले उसको दाबी बढी सिटमा हुनु अस्वाभाविक होइन । केही दलले गठबन्धन गर्दा आपूmले दुई चार सिट बढी पाइने अपेक्षा गरेका होलान् त्यसलाई अन्यथा मान्न मिल्दैन ।

यति भएर पनि सरकारका सबै दलको एउटै साझा उद्देश्य छ । त्यो उद्देश्य जसरी पनि नेकपा एमालेलाई पछि पार्ने हो । एमालेसँग तत्कालीन साझेदार हालका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भूमिका नदिएको र षड्यन्त्रकारी अनेकौँ कार्य गरेकाले पनि एमालेको पराजय अरू सबैको लक्ष्य बनेको छ । यतिमात्र होइन एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । यस कारणले अन्य दलले आगामी निर्वाचनमा नेकपा एमालेलाई पछि पार्ने लक्ष्य राखेका हुन् । यो राजनीतिक प्रक्रिया र स्वाभाविक कार्य हो तर, अर्कातिर पार्टीभित्र आन्तरिक रूपमै मतमतान्तरको अवस्था छ ।

यो सबै पार्टीमा छ तर नेपाली कांग्रेसमा भने बाहिर सतहमै देखिने गरी यस्ता कार्य हुने गरेका छन् । अहिले यस्ता कार्य भइरहेका छन् । आ-आफ्ना गुटका बैठक तथा भेलाहरू भइरहेका छन् । यस क्रममा संस्थापन इतर पक्षले संस्थापन पक्षले पार्टीमा एकलौटी गर्ने गरेको भनेर छुट्टै बैठक आयोजना गरेको छ । हालै भइरहेको विभिन्न राजनीतिक नियुक्तिमा आफ्नो पक्षलाई भाग नदिएको आरोप उक्त पक्षले संस्थापन पक्षलाई लगाएको छ । यो पनि एउटा विचारणीय विषय हो । सन्दर्भ जे जस्तो भए पनि यसरी एउटै पार्टीभित्र गुट-उपगुट सिर्जना हुनु र त्यस आधारमा आफ्नो आफ्नो पक्षको पृष्ठपोषण हुनु भनेको आलोच्य कुरा हो ।

संस्थापन इतर पक्षको ६०/४० को माग संस्थापन पक्षले पूरा गर्नु पार्टीमा मेलमिलापको अवस्था कायम गर्ने एउटा विषय हुनसक्छ भने त्यसो गर्न संस्थापन पक्षले स्वीकार गर्नुपर्ने हो कि जस्तो देखिन्छ । संस्थापन इतरको यो माग उपयुक्त होइन भने उक्त गुटले यसैलाई आधार मानेर पार्टीभित्र विग्रहको स्थिति पैदा गराउनु हुँदैन । एक पार्टी हुनेबित्तिकै एक धार र एक सिद्धान्तमा अघि बढ्नुपर्ने हो । यसो हुन नसक्नेबित्तिकै त्यो पार्टी एउटा पार्टी हो भनेर कसरी भन्ने ? त्यसकारण एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नु उपयुक्ति हुन्छ अन्यथा यस्तै कारणले आगामी निर्वाचनमा प्राप्त हुने सम्भावित परिणाम खस्किन सक्छ । यतातिर ध्यान पुर्‍याउनु सबैको कर्तव्य हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?