‘मेरो डान्स कप र भ्वाइस कप युएसए’को उपाधि रेनुका र प्रवीणलाई

Read Time = 3 mins

काठमाडौं । ‘मेरो डान्स कप युएसए-४ र मेरो भ्वाइस कप युएसए २’को फाइनल सम्पन्न भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा अमेरिकाको कोलम्बस शहरमा फाइनल आयोजना गरिएको हो ।

उत्कृष्ट १२ सम्म अमेरिकामै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो । कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप युएसए’को उपाधि रेनुका राईले जित्न सफल हुनुभयो । उहाँले, ताजसँगै १० हजार डलर र टोयोटा ¥याभ फोर गाडी प्राप्त गर्नुभयो ।

यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जित्नुभएको छ । उहाँले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गर्नुभएको छ । ‘मेरो डान्स कप’को फष्ट रनरअप आयुषा समाल हुन सफल हुनुभएको छ । सेकेण्ड रनरअप सुमिका तामाङले जित्नुभएको छ । ‘मेरो भ्वाइस कप’ तर्फ भने फण्ट रनरअप करण तामाङ बन्नुभयो । यस्तै सेकेण्ड रनरअपको उपाधि सीतल शर्माले जित्नुभयो ।

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गर्नुभयो । दर्शकहरूको भोटिङका आधारमा विजेता छनोट गरिएको हो ।

फाइनल प्रतियोगितामा दर्शकहरूको बाक्लो भिड थियो । शोमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्रस्तुति दिएर दर्शकलाई नचाउनु भएको थियो । यस्तै, कार्यक्रममा कलाकारहरू साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

यो शोमा अमेरिका र क्यानडामा बसोवास गर्दै आएका नेपाली भाषीहरूले प्रतिस्पर्धा गर्नुभएको थियो । इन्ट्रा फाउण्डेशनले आउँदो वर्षदेखि ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरूले भाग लिन सक्ने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?