काठमाडौं । इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिको आयोजनामा तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको छ । स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनवालका रूपमा प्रयोग हुने गोर्खा इको प्यानल जडान तालिम भएको हो ।
रखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडेमात्रै पुग्ने गोर्खा इको प्यानल जोड्ने तरिकाबारे तालिम प्रदान गरेको हो । आयोजक संस्थाका वरिष्ठ प्राविधिक निरज हृयोंगोजुलगायतले तालिम प्रदान गर्नुभएको थियो ।
गोर्खा इको प्यानलको कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका-९ हनुमानचा भक्तपुरस्थित कारखानामा प्रशिक्षार्थीलाई तालिम प्रदान गरिएको हो । गोर्खा इको प्यानलका महाप्रबन्धक जीवन खाइतूले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिममा नेपाल प्रहरीका प्राविधिक प्रशिक्षार्थीका रूपमा सहभागिता थियो भने नेपाली सेनाका इन्जिनियर, ओभरसियरलगायत पनि तालिममा सहभागी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले तालिमपछि रोजगारीको ग्यारेन्टीसहित निःशुल्करूपमा तालिम प्रदान गर्दै आएको छ । । नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५ प्राप्त कम्पनीका इको प्यानल देशैभरि डिलरमार्फत् बिक्री हुँदै आएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच