सत्ता गठबन्धनको सिट बाँडफाँट सहमति उन्मुख भएको दाबी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले बिहीबार बिहान प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भएको छ । बुधबार बालुवाटारमा बसेको कार्यदल बैठकमा सिट बाँडफाँटबारे अहिलेसम्म भएका सहमति र असहमतिका बुँदा समावेश गरेर प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय भएको थियो । कार्यदल सदस्य, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ९ बजे शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने बताउनुभयो । कार्यदल सिट बाँडफाँटबारे करिब-करिब सहमतिमा पुगेको उहाँले बताउनुभयो । कुन पार्टीले कति सिट लिने गरी सहमति नजिक पुगिएको भन्नेबारे उहाँले खुलाउनुभएन ।

कार्यदलको बैठकपछि पत्रकारसँग बोल्दै उहाँले सिट बाँडफाँड करिब-करिब टुंगिएको जानकारी दिनुभयो । ‘सिटसंख्या करिब-करिब मिलेको छ । केही छलफल सकिएपछि औपचारिक जानकारी गराउनेछौँ,’ उहाँले भन्नुभयो । कार्कीका अनुसार आज बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने छ । त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ । गठबन्धनका एक नेताले भने अझै पनि सिट बाँडफाँड टुंगिई नसकेको बताउनुभयो । सबै दलहरूले सिटसंख्या भने घटाउँदै लगेको र सहमति उन्मुख बनेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?