चोलेन्द्र शमशेर जबराको बयान आज पनि

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदै छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको बयान हुनेछ ।

यसअघि तीन दिन लिइएको बयानमा उहाँसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उहाँविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उहाँ प्रधानन्यायाधीश पदबाट निलम्बनमा पर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?