नेपाल नगरपालिका संघ लुम्बिनीको प्रदेश अध्यक्षमा रेसुंगाका पन्थी

Read Time = 2 mins

गुल्मी । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ। रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

लुम्बिनी प्रदेशका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुको अभिमुखीकरणको अवसरमा भएको नगरपालिका संघको अधिवेशनबाट रेसुंगा नगरपालिकाका प्रमुख पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो । अध्यक्षमा निर्वाचित भएपछि बोल्दै पन्थीले सबै नगरका समस्या साझा हुनेभएकोले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकोले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पनि पन्थीले बताउनु भयो ।

लुम्बिनी प्रदेशमा ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बन्नुभएको रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?