सिएनआई प्रदेश १ ले कृषि तथा औद्योगिक मेला गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) प्रदेश १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । प्रदर्शनीमा प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेसिनरी प्रदर्शनी एवं बिक्रीसमेत हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमार्फत् नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचानका साथै प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरणमा जोड दिइने सिएनआईले जनाएको छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट समेत प्रदर्शनीमा सहभागिताका लागि पहल गरिने आयोजकले जनाएको छ । माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमार्गमा सञ्चालन हुने मेलामा आधुनिक चारवटा डोम र तीन सय ५० स्टल रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?