निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति छैन, कञ्चनलाई रिहा गरियोस् : ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गर्नुभएको छ ।

कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई  सुनियोजित षड्यन्त्र भन्नुभएको छ ।

'क. कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ ।

कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उहाँले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो । ओलीले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले बुटवल घटनाप्रति पार्टीले जिम्मा लिएको पनि उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?