गण्डकीबाट सर्वाधिक सात सय दुई खेलाडीको नाम दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबार अपराहृन ५ बजेसम्म गण्डकी प्रदेशले सर्वाधिक ७०२ खेलाडीको नाम दर्ता गराएको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै छन् ।

नेपाल आर्मीले ६७३, एपिएफले ५२२, नेपाल प्रहरीले ४८८ र सुदूरपश्चिम प्रदेशले ४३६ खेलाडीको नाम दर्ता गराएको प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले जनाउनुभएको छ ।

त्यस्तै, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ खेलाडीको नामावली दर्ता गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?