जसपा र राप्रपासँग ‘निर्णायक’ बार्ता गर्दै एमाले

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तिव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग शुक्रबार राती अबेरसम्म भएको बार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दैछ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो ।

दुवै दलसँग यसअघि बिभिन्न चरणमा छलफल भएको र सम्भवतः आज नै सहमतिको खाका सार्वजनिक गर्ने गरी भइरहेको नेताहरू बताउँछन् । आगामी मंसिर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न अब दुई दिन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?