जुम्लाको गज्याङकोटमा १ जेठमा पुनः मतदान हुने

Read Time = 2 mins

जुम्ला । जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो ।

एक हजार ७ मतमा ३२० खसेको थियो । गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो । जुम्लामा ७६.८३ प्रतिशत खस्यो ।

जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ । स्थानीय प्रशासनका अनुसार जुम्लाको जम्मा मतदाता ६७,७४४ मध्य एक हजार ७ रहेको मतदान केन्द्रको गणना गरिएको छैन् । बाँकी मतदाता मध्ये ७६.८३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?