सरकारले न्यायालयको हुर्मत लियोः अध्यक्ष ओली

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाउनुभएकाे छ । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उहाँले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताउनु भएकाे हाे । उहाँले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको दाबी गर्नुभयाे ।

कार्यक्रममा उहाँले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उहाँका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यी सबै व्यवस्थाको अन्त्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ उहाँले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पनि स्वागत गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?