यमपञ्चकको चौथो दिन आज गाई पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिले जनाएको छ ।

धार्मिक विश्वास

पवित्र र गुणी पशु हो, गाई । हामी गाईलाई पुज्छौं । यस धर्तीमा प्रारम्भिक कालमा केहि प्रजातिका गाई थिए । लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गाईको ९/१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो ।

कतिसम्म भने कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वमित्र सहित केहि राजाहरूले कति पटक त युद्ध नै गरेका थिए ।

३३ कोटी देवता- हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गाईमा ३३ प्रकारको देवता निवास गर्छन् ।

सकारात्मक उर्जाको भण्डार९ वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।

गाईको सूर्यकेतु नाडी९गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ । यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दुध, मुत्र र गोबरमा मिल्छ ।

पंचगव्य९ पन्चगव्य केहि रोगमा लाभदायक मानिन्छ । यसको निर्माण गाईको दूध, दही, घिउ, मुत्र र गोबरबाट हुन्छ । पञ्चग्यद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

गाईको दूध र घिउ अमृतसमान हो । दहीले पाचन यन्त्र स्वस्थ्य राख्छ । यसमा सुपाच्य प्रोटिन एवं लाभकारी जीवाणु हुन्छ ।

बैज्ञानिकका अनुसार गाईको गोबरमा भिटामिन बि-१२ प्रचुर मात्रामा पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?