दाङका तीन फर्निचर उद्योगमा आगलागी

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । घोराही-१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ । तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।

मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । । आगलागीको कारण खुल्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?