प्रधानमन्त्री देउवा चुनावी सभाका लागि ४ दिन गृह जिल्ला डडेल्धुरा बस्ने

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिनुभएको छ ।

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिनुभएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उहाँले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उहाँले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने बताइएको छ ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुग्नुभएको थियो । त्यसयता भने उहाँ गृहजिल्ला पुग्नुभएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?