असन्तुुष्ट हुदैमा निर्वाचन बिथोल्न पाईदैन: गृहमन्त्री खाण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीति भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिनुुभएको छ । उहाँले असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट समेत पार्नुभयाे ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतिमा आउन समेत आग्रह गर्नुुभयो ।

‘हामी मिल्ने सम्म लचक भएर असन्तुष्ट दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उहाँले भन्नुुभयो - कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकिदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुष्ट समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताउनुुभयो । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उहाँले भन्नुुभयो, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उहाँले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यस अनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थल सम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उहाँले भन्नुुभयो,‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’

गृह मन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?