उदयपुर । लोपोउन्मुख वन्यजन्तु नीलगाईको बाच्छी उदयपुरको कटारी नगरपालिका-५ चुरे फेदिमा फेला परेको छ । कटारी नगरपालिका-५ स्थित शलेस सामुदायिक वन उपभोक्ता समूहको बन क्षेत्र नजिकै खेतमा चर्न निस्किएको नीलगाईको २ महिनाको बाच्छी फेला परेको हो ।
स्थानीयको खेतमा फेला परेको नीलगाईको बाच्छीलाई स्थानीयले उद्धार गरी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय त्रिवेणी कटारीमा बुझाएका छन् । डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख विष्णुलाल घिमिरेले नीलगाईको बच्चा कार्यालयको नियन्त्रणमा रहेको बताउनुभयाे ।
नीलगाईको बाच्छीलाई पशु प्राविधिकको निगरानीमा राखिने प्रमुख घिमिरेले जानकारी दिनुभयाे । केही दिनको पशु प्राविधिकको रेखदेखपछि पुनः वन क्षेत्रमा छोडिने तयारी गरिएको प्रमुख घिमिरेले बताउनुभयाे ।
उदयपुरको चुरे वन क्षेत्रमा सुन्दरपुर देखि त्रिवेणी सम्म नीलगाई पाईने गरेको छ । लोपोउन्मुख नीलगाई पहिला पहिला बाक्लो पाईने गरेको अहिले कम हुन थालेको स्थानीयबासी बताउँछन । उदयपुरको दक्षिणी क्षेत्रमा रहेको चुरेबन क्षेत्रमा नीलगाईहरु पाईने स्थानीय बताउँछन् ।
सामुदायिक वन क्षेत्रबाट स्थानीयको दलहन, तेलहन लगायतका बाली खान नीलगाईहरु आउने गरेको किसानहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच