सुकुटी माछाको कारोबार बढ्दै

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । लामो समय देखि माछा उत्पादन तथा विक्री वितरणमा आफनो बेग्लै पहिचान बनाउन सफल भएको सागर माच्छे उद्योगले सुकुटी माछाको समेत कारोबार शुरु गरेको छ ।

बजार भन्दा सस्तो र थोक दाममा खुद्रा जिउँदो माछाको कारोबार गर्दै आएको सागर माच्छे उद्योगले ग्राहकको माँगलाई मध्येनजर गरी सुकुटी माछाको कारोबार पनि शुरु गरेको छ ।

जिउँदो माछाको माग जस्तै सुकुटी माछाको माग बढेकोले यसको कारोबार शुरु गरेको सागरमाच्छे उद्योगका संचालक मनोज पटेलले बताउनुभयो ।

पचरौता नगरपालिका वडा नम्बर ७ ठेगाना राखी दर्ता भएको यो उद्योग हाल कलैया उपमहानगरपालिका वडा नम्बर ४ गुप्ता पेट्रोल पम्पको पछाडी संचालनमा रहेको छ ।

पारखीहरुको माँगलाई मध्येनजर गर्दै शुरुमा पाँच किलो प्रति दिनका दरले निकालिएको सुक्टी माछा अहिले ३० किलो प्रति दिनसम्म पुगि सकेको छ । यसको बजार देशै भरि रहेको पटेलले जानकारी दिनुभयो ।

सुकटी माछा स्वास्थ्यको लागि फाइदाजनक छ, उहाँले भन्नुभयो, ‘यसलाई आगोको -यापमा पकाई अत्याधुनिक तरीकाबाट प्याकेजिङ्ग गरिन्छ । प्याकेजिङ्ग पछि बजारमा पठाइन्छ । यसको विक्री स्थानीय भन्दा पनि काठमाण्डौ, विराटनगर, पोखरा र धरान रहेपनि विस्तारै स्थानीयस्तरमा पनि यसको माँग बढदै गएको उहाँले बताउनुभयो ।’

शादी विवाह वा कुनै पनि पार्टीको अवसरमा माछा चाहिएको छ भने हामी त्यो माँगलाई पूरा गर्न तयार छौ, सागरमाच्छे उद्योगका संचालक पटेलले भन्नुभयो,‘माछा कुनै पनि रुपमा खाँदा स्वास्थ्यकर नै हुन्छ । यो शरीरको लागि फाइदा नै गर्छ । जिउँदो माछा, सुकटी माछा लगायतका माछाका माँगहरुलाई हामीले पूरा गर्दै आएका छौ । कुनै पनि बेला कुनै पनि समयमा माछा चाहियो भने हामीलाई सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो ।’
थोक मूल्यमा खुद्रा विक्री वितरण गर्दै आएको कारण यस उद्योगले छोटो समयमा नै बजारमा आफनो छुट्टै पहिचान बनाउन सफल भएको छ । उपभोक्ताहरुको माया साथ सहयोगले आगामी दिनहरुमा पनि यसरी नै उपभोक्ताहरुको माँगलाई पूरा गर्ने पटेलले जानकारी दिनुभयो ।

एक चोटी सेवाको मौका सबैले दिनु पर्ने र आफनो स्थानीय उत्पादनलाई ग्राहयता दिनु पर्ने हुन्छ, उहाँले भन्नुभयो,‘स्थानीय उत्पादनलाई ग्राहयता दिदा हामी जस्ता माछा कारोबारीलाई स्थापित हुन र अझ माछाका परिकारहरु वृद्धि गरि उपभोक्ता माझ पस्किन सजिलो हुनेछ । त्यसैले स्थानीय उत्पादनलाई रोजौ, स्थानीय उद्योगहरुलाई बढावा दिन स्थानीय उत्पादनको प्रयोग गरौ । अहिले हाम्रो देशमा माँग भएको ४० प्रतिशत भन्दा बढी माछाको आपूर्ति बारा जिल्लाबाट भइरहेको उहाँले जानकारी दिनुभयो । ’

त्यसैले स्वदेशी माछा र उद्योगलाई प्रबद्र्धन गर्न स्थानीय माछा प्रयोग गर्न र एकचोटी सेवाको मौका दिन समेत उहाँले आग्रह गर्नुभयो ।
फोटो : सागरमाच्छे उद्योगमा तयार पारिएको सुकुटी माछा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?