राष्ट्रिय सुरक्षाका लागि एमालेको सरकार आवश्यक : अध्यक्ष ओली

‘फुटेका हाँडीका खपटा जोडेर बनाएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ’

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 9 mins

कालीकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताउनुभयो । देशको पक्षमा काम गर्न थालेपछि विरोधी शक्तिले एमालेविरुद्ध षड्यन्त्र गरी सरकार ढालेको उहाँले आरोप लगाउनुभयो । एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक पटक एमाले र सिंगो कम्युनिष्ट आन्दोलनविरुद्ध षड्यन्त्र भएको उहाँको टिप्पणी छ ।

दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उहाँले चर्चा गर्नुभयो । मंसिर ४ को निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, ‘अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ ।’ सत्ता गठबन्धनको संयुक्त चुनावी घोषणापत्र नरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन जितेमा कुन घोषणापत्र कार्यान्वयन हुने प्रष्ट नरहेको बताउनुभयो ।

देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उहाँले आ≈वान गर्नुभयो । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘हामीसँग जनता साथमा छन् ।’ समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ ।

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताउनुभयो । एमाले नेतृत्वमा सरकार बने मात्र दुर्गममा विकास हुने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।’ दुर्गम क्षेत्रको विकास गर्न दुर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

जनताका छोराछोरीलाई शहीद बनाउने प्रचण्ड नै हुन्
अध्यक्ष आलीले मान्छेलाई शहीद बनाउने तर शहीद परिवारलाई नहेर्ने प्रचण्ड ‘घाती’ मान्छे भएको आरोप लगाउनुभएको छ । उहाँले द्वन्द्वमा मान्छेलाई जबरजस्ती शहीद बनाउने, घाइते बनाउने, बेपत्ता पार्ने तर उनीहरूका परिवारलाई व्यवस्थापन नगर्ने प्रचण्ड धोकेबाज भएको आरोप लगाउनुभएको हो । उहाँले जनताका छोरा छोरीहरूलाई शहीद, अपांगता र बेपत्ता बनाएर प्रचण्डले आफ्ना परिवारलाई अवसर दिएको बताउनुभयो ।

ओलीले आफू संसद् विघटन गरेर एमालेले प्रतिगमन नगरेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो । ‘दुईतिहाइ कम्युनिष्टको सरकार ढाल्न प्रतिक्रियावादीहरूको प्रचण्ड मतियार भए । त्यसका विरुद्ध न्याय खोज्दै जनताका बीचमा जान संसद् विघटन गर्नुपरेको हो । सिद्धिन लागेको माओवादी बचाउन औँला समाउन दियौँ । हिँडायौँ प्रचण्डलाई सहअध्यक्ष बनाएको थिएँ । विशाल पार्टीको नेता बनाएँ । प्रगतिशील वाम शक्ति बनाएर देश बनाउने शक्ति निर्माण गरेका थियौँ । सबै ठाउँमा आफू अल्पमत पर्ने गरी विश्वासले प्रचण्डलाई स्थान दिएँ । बहुमत पाउनेबित्तिकै लोभी पापीले बद्मासी गरे’ उहाँले भन्नुभयो ।

ओलीले प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँछु भन्दै हिँडेको आरोप लगाउनुभएको छ । ओलीले भन्नुभयो, ‘दुईतिहाइ सरकारका विरुद्ध षड्यन्त्र भएपछि जनताका बीचमा जानु प्रतिगमन होइन । अग्रगमन हो । सांसदले प्रधानमन्त्री बनाउने हो । अदालत गएर जालझेली गरी प्रधानमन्त्री बनाउनु विधिविपरीत हो । प्रचण्ड विश्वलाई ढाँट्न पछि पर्दैनन् । उनी केही समय अगाडि जापान जाँदा त्यहाँका पूर्व–प्रधानमन्त्री जो नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणका बेला आफूसँग तीनपटक भेटेको र राम्रो मित्रता भएको भनेर दुनियाँसामु ढाँटेका थिए । त्यसरी नै अहिले जिल्ला जिल्लामा गएर मन्त्री बनाउँछु भन्दै ढाँट्दै हिँडेका छन् । प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँदा जनताले के पाउँछन् ? जनताले विकास र समृद्धि पाउन एमाले जित्नुपर्छ । ’

एमालेले घरघरमा पैसा पु¥याउन थालेपछि विरोधीहरू आत्तिए
नेकपा एमालेका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सरकार हुँदा ल्याएका लोकप्रिय कार्यक्रमका कारण विरोधीहरू आत्तिएको बताउनुभएको छ । आइतबार कालीकोटको आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर घरमा पैसा पु¥याउने काम थालेपछि अरू आत्तिए, विरोधीहरू झनै आत्तिए महिनाको सय रुपैयाँबाट थालेको वृद्धभत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ, उहाँले भन्नुभयो, सडकमा अलपत्र मानिसका लागि एमालेले काम ग¥यो । बालबालिकाको उद्धार थाल्यो । पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरू आत्तिएको उहाँको भनाइ थियो । उहाँले कम्युनिष्टको सरकार आयो भने अधिकार खोसेर लान्छ भन्ने भ्रमलाई एमालेले जनताका लागि काम गरेर चिरिदएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?