विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल विक र रामेछाप दोरम्बा गाउँपालिका-८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा.३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट ५० ग्राम खैरो हेरोइनसहित भारत बहराईच बाबागन्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-११ सात नम्बर पिलरबाट ६४ मिलिग्राम ब्राउनसुगरसहित भिमदत्त नगरपालिका-६ बस्ने २२ वर्षीय मोहित पहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाइन्टको इजारमा लुकाई राखेको उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?