पाँचथर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना पाँचथरमा आज दिउँसो ११ बजेपछि सुरु गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याईसकिएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा ५४ प्रतिशत मत खसेको थियो । एक लाख ३८ हजार नौ सय ३२ मतदातामध्ये ७४ हजार आठ सय ९८ मत खसेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच