नेपाल लाइफको २२ औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईको अध्यक्षतामा बिहीबार वीरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पुँजीको १५.७८९५ प्रतिशतले हुन आउने एक अर्ब २९ करोड बराबरको नगद लाभांश सर्वसम्मतिबाट पारित गरेको छ । आव २०७८/०७९ का लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकमा पुनर्नियुक्तिका साथै स्वतन्त्र सञ्चालक श्रीमती पारुल ढकालको नियुक्ति अनुमोदन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आफू कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तसाथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताउनुभयो ।

कम्पनीले २०७९ असोज मसान्तसम्ममा एक खर्ब ४९ खर्ब ७६ करोड अर्ब लगानी गरिसकेको र जीवन बीमा कोषमा एक खर्ब ४२ अर्ब नौ करोड सञ्चित भइसकेको जनाएको छ ।

कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र सेवाग्राहीलाई देशभर रहेका एक सय ९७ कार्यालय सञ्जालमार्फत् जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?