काठमाडौं । एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताउनुभएको छ ।
काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताउनु भएकाे हाे ।
‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।
नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताउनुभयाे । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उहाँले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच