युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी गाउँ रित्तिने खतरा छः प्रदीप ज्ञवाली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताउनुभएको छ ।

शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यात्राका क्रममा आफूहरुले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरु रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताउनुभयो ।

उहाँले गाउँ बस्तीहरु बिस्तारै युवाबिहीन अवस्थामा पुगेको भन्दै उहाँले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताउनु भयो । उहाँले राजधानीमा बसेर सत्ताको भागबण्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत रहेको भन्दै उहाँले सबै राजनीतिक दलहरुले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहाडमा विकासका प्रचुर सम्भावनाहरु छन् । कृषि र कृषिजन्य उद्योगहरुको असाध्यै ठूलो सम्भवाना पहाडी क्षेत्रमा छ, पर्यटनको भण्डार हो, जलश्रोतको भण्डार हो, खानीहरु छन्, यसलाई प्रयोग गर्नेगरी विकासका योजना बढाउनुपर्छ भन्ने हो । युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए बिस्तारै गाउँहरु बस्तीहरु युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् ।’

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?