प्रतिनिधिसभाका १५५ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कांग्रेसको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा ५ जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि १० स्थानको नतिजा आइसकेको छैन । मतगणना जारी रहेका चार ठाउँमा कांग्रेसले अग्रता लिएको छ भने दुई ठाउँमा नेकपा एमालेको अग्रता छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा अग्रता लिइरहेको छ । स्याङ्जा–२, दोलखा र बाजुरामा भने मतगणना सुरु हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?