युनिभर्सिटी र हिमालयन किङ्डम क्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युनिभर्सिटी र हिमालयन किङ्डम १५औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२-१७ ले पराजित गर्‍यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गर्नुभयो । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५-३४ ले हरायो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले काठमाडौं भ्यालीलाई ३८-३४, आयोजक भ्याली पब्लिकले एलआरआईलाई ३७-१९, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले एन्जल्स हार्टलाई २९-१६, ग्रीनल्याण्डले टीआईएलाई ३४-२४ र स्किब्सले एचएचसीएलाई ५६-३३ ले पाखा लगाउनुभयो । गोल्डेपिकका दिनेश रतलले १७, भ्याली पब्लिकका सुशान चौधरीले ११, बीएनएका सन्देश खड्काले १०, ग्रीनल्याण्डका सुरेश बिसीले १२ र स्किब्सका जोन चौधरीले १६ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा ग्रीनल्याण्डले केभीकेएसएसमाथि १८-१२ को जित निकाल्यो । ग्रीनल्याण्डकी जेनिशा श्रेष्ठले ६ अंक जोड्नुभयो । जुनियर ब्वाइजमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए)लाई १६-१० तथा एन्जल्स हार्टले ग्रीनल्याण्डलाई ३५-२५ ले पन्छाउनुभयो । बीएनएका निमा शेर्पाले ६ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १६ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?