‘डेसान’ को ‘आई लभ यु’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘डेसान’मा समावेश रोमान्टिक गीत ‘आई लभ यु’ सार्वजनिक गरिएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युब च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत् शुक्रबार दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगर निर्देशित चलचित्रको गीतमा नवअभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

यही शुक्रबार अर्थात् २३ मंसिरबाट देशभरका सिनेमाघरमा आउन लागेको चलचित्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजिक महामारीको कथाका रूपमा व्याख्या गरिएको चलचित्रमा निशान र पुनमका साथमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ ।

पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेख्नुभएको हो भने पटकथा र संवाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनको छायाँकन रहेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङ्तेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रलाई एफडी, जिजिए ग्रुप र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?