बलात्कार आराेपी वडाध्यक्ष श्रेष्ठलाई म्याद थपका लागि अदालत लगियाे

Read Time = 1 min

बारा । बलात्कार आरोप लागेका निजगढ नगरपालिका २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई थुनामा राखेर अनुसन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएको छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो ।

जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ । सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन्।

यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडा अध्यक्ष श्रेष्ठ आइतबार प्रहरी नियन्त्रणमा आएका थिए ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?