निर्वाचनको समिक्षा गर्न बसेको माओवादीको पदाधिकारी बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्न गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भईरहेको बताइएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष दाहालले पनि नयाँ सत्ता समिकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका राजनीतिक दलका शिर्ष नेताहरुसँगको भेटवार्तालाई तीव्रता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?