प्रचण्डको नेतृत्वमा सरकार बन्ने गरी सबै विकल्पमा छलफल गर्न माओवादी तयार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुल्ला रहेको बताएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सबै विकल्प खुल्ला रहेको प्रतिक्रिया दिनुभएको हो । सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने उहाँले बताउनुभयो । बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको विश्लेषण सुनाएको महराले बताउनुभयो । उपाध्यक्ष महराले भन्नुभयो, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो ।

समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै विस्तृतमा विश्लेषण गर्ने कुरा गरियो ।’ अहिले गठबन्धन छाड्ने निर्णय नभएको र अन्य विकल्प पनि खुला राखिएको महराले बताउनुभयो । ‘विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय भएको छैन’, महराले भन्नुभयो । पार्टीको पदाधिकारीकी बैठक पुनः बोलाइएको र उक्त बैठकले निर्वाचनको नतिजाको समीक्षा गरेर आगामी योजनाको बारेमा ठोस निर्णय गर्ने माओवादी केन्द्रका नेताहरुले बताउनुभयो ।

बैठकमा बोल्दै महासचिव देव गुरूङले प्रतिनिधि सभाको परिणाममा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको टिप्पणी गर्नुभयो । ‘पार्टीको अवस्थामा खुम्चिनुमा आन्तरिक कारण पनि छन् तर यसमा अन्तर्राष्ट्रिय शक्तिको भूमिकाबारे पनि निर्मम समीक्षा हुन आवश्यक छ,’ उहाँले बताउनुभयो । यस्तै, उपमहाचिव पम्फा भुसालले गठबन्धनबाट अपेक्षित सहयोग नभएको बताउनुभयो । ‘हामी खुम्चिनुमा गठबन्धन दलले सहयोग नगर्नु पनि प्रमुख कारण हो । चुनाव असाध्यै महँगो हुँदै गएको छ,’ उहाँले भन्नुभयो । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पनि बस्नेछ ।

स्याङ्जा-२ मा कांग्रेस उपसभापति गुरुङ विजयी, दोलखा र बाजुरामा पनि गठबन्धनकै अग्रता
नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी हुनुभएको छ । पाँच हजार ६२७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गर्नुभयो । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले आठ हजार ११३ मत ल्याउनुभयो । । समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । उपसभापति पदमा निर्वाचित भएपछि पार्टीले उहाँलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

उता बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो अग्रता लिइरहनुभएको छ । उहाँले एमालेका कर्णबहादुर थापालाई तीनहजार बढी मतान्तरले अग्रता लिइरहनुभएको छ । यसैगरी दोलखामा पनि गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका गंगा कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई पछाडि पारिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?